बलिउडका चर्चित अभिनेता आमिर खानले उनको घरमा काम गर्ने केहि व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
फेसबुकमा एक बयान जारी गरेर उनले केही कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घर नै क्वारेन्टाइनमा राखेको बताए ।
नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए ।
आमिरले लेखे, अब मेरो आमाको मात्र रिपोर्ट आउन बाँकी छ, उहाँको रिपोर्ट नेगेटिभ आओस भनेर सबैले प्राथना गरिदिनुहोस ।
तर सुरक्षाका लागि १४ दिनका लागि आइसोलेशन रहने उनले बताएका हुन् । उनले कोकिलाबेन अस्पतालका डाक्टर नर्स र कर्मचारीले गरेको व्यवहारप्रति खुशी हुदै धन्यवाद पनि दिएका छन् ।
यसअघि बलिउडका निर्देशक करण जोहर र जान्ह्वी कपुर आइसोलेसनमा बसेका थिए । उनीहरुको घरमा काम गर्नेलाई कोरोना पोजेटिभ पाइएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका थिए । कोरोना संक्रमण चीनबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिएको छ । विश्वभरका १ करोड मानिसहरु संक्रमित भइसकेका छन् भने ५ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
कोरोनाबाट भारत पनि अछुतो रहन सकेको छैन । यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ६७ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् भने १६ हजार भन्दा बढीले ज्यान गुमाइसकेकाे छन् ।