चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृ-त्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्। तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराएको छैन।
यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ।
चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ।
लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ।
यसअगाडी जेठ ११ गते पनि भारतीय सेनालाई चिनिया सेनाले नियन्त्रणमा लिएको थियो ।
पढ्नुहोस् केटीएम दैनिकमा प्रकाशित भएको उक्त समाचारको केही अंश
लद्दाखस्थित सीमा क्षेत्रबाट केही दिनअघि भारतीय सेनाको एउटा टोलीलाई चिनियाँ सेनाले नियन्त्रणमा लिएको छ।
आफ्नो सीमा क्षेत्रमा पसेपछि भारतीय सेनाको टोलीलाई चिनियाँ जनमुक्ति सेनाको टोलीले नियन्त्रणमा लिएको खुले पनि भारतीय पक्षले भने यस कुरालाई नकार्दै आएको छ।
चिनियाँ सैनिकले भारतीय सेनालाई बन्धक नै बनाएर राखेको समाचार प्रकाशित भइरहेका छन्। यद्यपि यसबारे भारतीय सेना सूत्रले भने खबरमा कुनै सत्यता नभएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पूरा समाचार पढ्नको लागि तलको लिंक क्लिक गर्नुहोला
विवादित लद्दाख क्षेत्रमा भारतीय सेनाको टोली चिनियाँको नियन्त्रणमा