
बलिउड बिश्वकै ठूलो फिल्मी उद्योग मध्येको एक हो ।
यहाँ टिक्नलाई निकै संघर्ष गर्नुपर्छ ।
लकडाउनकै अवधिमा २ जना कलाकारले पैसा नभएर आ त्मह त्या गरेको खबर केटिएम दैनिकले प्रकाशन गरेको थियो ।
अहिले बलिउडमा शोकको लहर नै चलेको छ ।
इरफान देखि शुरु भएर सुशान्तसम्म आइपुग्दा २० भन्दा बढी कलाकारहरुले ज्यान गुमाइसकेका छन् ।
आइतबार सुशान्तको निधनले बलिउडकर्मी शोकमा डुबेका छन् ।
उनको बारेमा नकरात्मक तथा सकरात्मक कुराहरु बाहिर आइरहेका छन् ।
यही सन्दर्भमा टेलिभिजन स्टार आशिष चौधरीले आफु पनि डि प्रेशनमा परेको खुलासा गरेका छन् ।
सन् २०११ सालतिर काम र पैसा नभएर म भौतारी रहेको थिए ।
म सँग न त हातमा पैसा थियो न त काम नै ।
आ त्मह त्या नै अन्तिम बिकल्प हो भनेर सम्झेको थिए ।
तर मेरा साथीहरुले मलाई धेरै सम्झाए ।
के सही र के गलत भनेर बुझाए ।
उनीहरुले मलाई भेटेर तथा फोन गरेको जीबनको बारेमा बताए र जीबन जिउँने कला सिकाए ।
उनी हिन्दी टेलिसिरियल बेहद २ मा देखिएका थिए ।
अहिले लकडाउनले गर्दा उनको हातमा कुनै काम छैन ।
I dipped after 26/11.
Even financially.
And I’m clear it was my friends who saved me.
They save me to date.
I can only thank the universe by promising I’ll always be there for them.
I’m a phone call away.
And I’ve a lot of love and gratitude to give.
Friends are our only earning.— Ashish Chowdhry (@AshishChowdhry) June 14, 2020
सुशान्त सिंहको निधन भएपछि केटीएम दैनिकका नियमित स्तभकार दीपक बढुवालले “सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?” शीर्षकमा एउटा आलेख लेखेका छन् । जिवनबाट निराश भएर आ-त्मह-त्या नै अन्तिम विकल्प हो भन्नेहरुको लागि उक्त लेख समर्पित छ ।
उक्त आलेखको निचोड यस्तो छ ।
तनावका क्षणहरूमा शक्तिशाली व्यक्तिहरूले पनि आ त्मह त्या गर्छन । ती मानिसहरु जो सँग सबै हुन्छ शान … शौकत … स्थिति … पैसा .. तर यी मध्ये केहिले पनि रोक्न सक्दैन ..त्यसोभए के कमी हुँदो रहेछ ?
त्यो उचाइमा एउटा असल साथीको अभाव हुँदो रहेछ । जो सँग “चाँदीको कप” मा होइन एउटा सानो चियाको पसलमा बस्न सकियोस जो बकवासित कुराहरु बाट जोकर बनेर हँसाऊन सकोस । त्यो, जो सँग बसेर मुटु भित्रका गोप्य कुराहरु गर्न सकियोस । त्यो, जसलाई देख्दा बित्तिकै आफ्नो तनाव बिर्सन सकोस । त्यस्तो एउटा मित्र, त्यस्तो असल साथी जसले भन्न सकोस, “छोड़ यार सब कुरा, तं चिया पी … म छँदैछु नि तेरो साथमा ।
अन्तमा यसैले महत्व राख्दछ … सम्पूर्ण विश्वको धन एकातिर … सबै तनाव एकातिर .. त्यो साथी एकातिर ! सुशान्त, तिमीले किन पाएन छौ त्यस्तो साथी ?
पढ्नुहोस् पूरा :
“सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?”