
काठमाडौं । भारतले आफ्नो क्षेत्रका केही अंशलाई नेपालको नक्सामा समावेश गरेको भन्दै नोटिस गरेको जनाएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर तयार पारिएको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न नेपालले गरेको संविधान संशोधनमा भारतले कडा आपत्ति जनाएको हो ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमार्फत नेपालले भारतको भूमि आफ्नो नक्सामा राखेको जनाएका छन् । विज्ञप्तिमा नेपालले भूमि दाबी गर्न कुनै ऐतिहासिक प्रमाण नभएको पनि बताइएको छ ।
‘नेपालको बनावटी दाबी हो, जुन ऐतिहासिक तथ्यमा आधारित छैन, नेपालको यो कदमले वार्तामार्फत सीमा विवाद समाधान गर्ने समझदारीको उल्लङ्घन गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तै लिम्पियाधुरा र लिपुलेक भारतको भएको यसअघिको अडान यथावत् रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।