
संसदमा कोरोना रोकथामका लागि खर्च भएको १० अर्व रुपैयाको हिसाव माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको जवाफ दिएका छन् मंगलवारको संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना रोकथामका लागि सरकारले खर्च भयो भनेको १० अर्व रुपैयाको हिसाव चाहिन्छ भन्दै भनाई राखेका थिए ।
बुधवार संसदमा जवाफ दिंदै प्रधानमन्त्री ओलीले १० अर्वको हिसाव भन्दा पनि कोरोनाको वारेमा चिन्ता गर्न सुझाव दिएका छन् । उनले त्यसका पछि लाग्नु भन्दा अहिलेको प्रमुख समस्या समाधानमा सबै लाग्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले अहिले कोभिड-१९ को विषयमा चिन्ता गर्न सांसदहरूलाई आग्रह गरेका छन् । उनले त्यसको हिसाव विस्तारै प्रणालीगत तरिकाले आउने भएकाले तत्काल कोरोना रोकथामका लागि सबैको ध्यान जानुपर्ने बताएका छन् ।
उनले संसदमा जवाफ दिँदै भने, दश अर्ब खर्च भए कहाँ भयो भन्ने प्रश्न आए। त्यसको प्रणाली छ। केन्द्रले प्रदेश र स्थानीय तहमा पठाउँछ। प्रदेशले स्थानीय तहमा पठाउँछ। अहिले कामका बेला लेखा परीक्षणमा बढी केन्द्रित भएका छैनौं। अहिले काममा केन्द्रीत भएका छौं,’ प्रधानमन्त्रीले भने, ‘रकम पठाइएको छ।’ उनले कोरोनाका नाममा अनियमितता हुन नदिने पनि दोहोर्याएका छन् । उनले भने, अनियमितता भएको भेटिए सरकारले कारबाही हुन्छ । स्थानिय तहलाई अहिले नै भ्रष्टाचार भयो भनेर अविश्वास गर्न नहुने उनको भनाई थियो ।
अहिले अविश्वास गरिहाल्ने अवस्था छैन। उनले ने, प्रदेश र स्थानीय तह भ्रष्टाचार गर्न पर्खिएर बसेका थिए। अलिकति रकम पाउन साथ भ्रष्टाचार गरे भनेर अविश्वास गर्ने अवस्था छैनु । उनले अहिले कोरोना रोकथामको काममा लागेका स्थानिय तहलाई सहयोग गर्न पनि आग्रह गरे । उनले अहिलेको यस्तो विपत्तीमा सिमित वजेट र खर्चमा काम गर्नुपर्ने अवस्था भएको बताएका छन् । उनले यस्तो अवस्थामा काम गरेका स्थानिय तहको प्रशंसा गर्नुपर्ने भन्दै कसैको भावनामा चोट पुग्ने शब्दावली प्रयोग नगर्न सुझाएका छन् ।