कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ छुटेको बा ८ च २१०० नम्बरको कारको ठक्करबाट साइकलयात्री घोडाघाडी नगरपालिका–१ जनकपुरकी सोनिया चौधरी र उनका ५ वर्षीय छोरा कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।
आमाछोरालाई ठक्कर दिएर भागेको उक्त कारले घोडाघोडी नगरपालिका–१० बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयन्द्र सुनारलाई समेत ठक्कर दिइ घाइते बनाएको छ।
घाइते दुवैजनालाई सुखडकै घोडाघोडी अस्पतालमा समान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ ।
कारका चालक बर्दगोरिया गाउपालिका–१ का राजेन्द्र मल्ललाई भाग्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ। कारको अगाडिको टायर पुरै घिस्रिएको छ।