
नेपालमा आइतबार सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ नाघेको छ ।
पछिल्लो २४ घन्टामा थप २ सय १३ जना कोरोना सङक्रमित थपिएसँगै संङक्रमण हुने व्यक्तिको संख्या ३ हजार ४ सय ४८ पुगेको हो । जसमा पुरुषको संख्या ३ हजार २ सय १२ छ भने महिलाको संख्या २ सय ३६ पुगेको छ ।
अहिलेसम्म ४ सय ६७ जना उपचारपछि निको भएर फर्केका छन् । जसमध्ये ३ सय ९९ जना पुरुष हुन् भने बाँकी ६८ जना महिला हुन् ।
अहिलेसम्म नेपालमा ९६ हजार २ सय ५ जनाको पीसीआर विधिवाट परिक्षण गरिएको छ भने १३ जनाले कोरोनाको कारण आफ्नो ज्यान गुमाइसकेका छन् । अहिलेसम्म नेपालभर क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या १ लाख ७० हजार ७ सय ३२ पुगेको छ ।
संक्रमितको संख्या ३ हजार ४ सय नाघ्दा सङक्रमित भएको जिल्लाको संख्या ७१ पुगेको छ । पछिल्लो समय प्रदेश ५ को रुकुम जिल्लामा संक्रमण भेटिएसँगै प्रभावित बनेका जिल्लाको संख्या ७१ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मती प्रदेशको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन ।
प्रदेशगत विवरण
प्रदेश | संक्रमण फैलिएका जिल्ला | अस्पतालमा उपचाररथ | डिस्चार्ज भएका | ज्यान गुमाएका | कुल संक्रमितको संख्या | क्वारेन्टाइनमा रहेका |
---|---|---|---|---|---|---|
जम्मा | ७१ | २९६८ | ४६७ | १३ | ३४४८ | १७०७३२ |
प्रदेश १ | १२ | १६८ | ९१ | ० | २५९ | ४३८८ |
प्रदेश २ | ८ | ९७४ | १८६ | १ | ११६१ | २२२३२ |
बाग्मती प्रदेश | १२ | ५७ | ३२ | ३ | ९२ | ३१९५ |
गण्डकी प्रदेश | ९ | १०८ | ३ | ० | १११ | ५३६३ |
प्रदेश ५ | १२ | ९४४ | १३३ | ४ | १०८१ | ३९८९७ |
कर्णाली प्रदेश | ९ | ६२१ | ९ | ३ | ६३३ | ३२०८२ |
सुदुरपश्चिम प्रदेश | ९ | ९६ | १३ | २ | १११ | ६३५७५ |
प्रदेश १ मा अहिलेसम्म २ सय ५९ जना सङक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा यस प्रदेशमा १० जना सङक्रमित थप भएका छन् । सङक्रमितमध्ये ९९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १ सय ६८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश १ को १२ जिल्लामा कोरोना संङक्रमण फेला परेको छ भने इलाम र ओखलढुंगामा अहिलेसम्म कोरोनाको सङक्रमण देखिएको छैन । सो प्रदेशमा ४ हजार ३ सय ८८ जना व्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेका छन् ।
प्रदेश २ मा अहिलेसम्म १ हजार १ सय ६१ जना सङक्रमित फेला परेका छन् । जसमध्ये १ सय ८६ जना उपचारपछि निको भएर घर फर्केका छन् पछिल्लो २४ घन्टामा यो प्रदेशबाट ५३ जना संक्रमितहरु निको भएर घर फर्केका छन् । विभिन्न अस्पतालमा ९ सय ७४ जनाले उपचार गराइरहेका छन् । प्रदेश २ सम्पूर्ण जिल्ला (८ वटै जिल्लामा) कोरोना संङक्रमण फेला परेको छ । यस प्रदेशबाट कोरोनाको कारणले १ जनाको ज्यान गइसकेको छ भने २२ हजार २ सय ३२ जना व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन् ।
बाग्मती प्रदेशमा मा अहिलेसम्म ९२ जना सङक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा २ जना संक्रमित थप भएका हुन् । अहिलेसम्म ३२ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ५७ संङक्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । बाग्मती प्रदेशमा १३ जिल्लामध्ये (रसुवा बाहेक) १२ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । यस प्रदेशबाट कोरोनाको कारणले ३ जनाको ज्यान गइसकेको छ भने ३ हजार १ सय ९५ जना क्वारेन्टाइनमा बसेका छन् ।
गण्डकी प्रदेशमा मा अहिलेसम्म १ सय ११ जना सङक्रमित फेला परेका छन् पछिल्लो २४ घन्टामा यो प्रदेशमा ३८ नयाँ सङक्रमित फेला परेका हुन् । त्यहाँबाट अहिलेसम्म ३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १ सय ८ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । गण्डकी प्रदेशको ११ जिल्लामध्ये (मनाङ्ग र मुस्ताङ्ग बाहेक) ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ भने ५ हजार ३ सय ६३ व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन् ।
प्रदेश ५ मा मा अहिलेसम्म १ हजार ८१ जना सङक्रमित फेला परेका छन् । जसमध्ये १३३ जना उपचारपछि निको भएर घर फर्केका छन् तीमध्ये पछिल्लो २४ घन्टामा ३७ जना निको भएका हुन् । अहिले सो प्रदेशमा रहेका विभिन्न अस्पतालमा ९ सय ४४ जनाले उपचार गराइरहेका छन् । प्रदेश ५ का सम्पूर्ण जिल्लाहरु ( १२ वटै) जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । आज रुकुममा कोरोना देखिएसँगै संख्या १२ पुगेको हो । यस प्रदेशबाट कोरोनाको कारणले ४ जनाको ज्यान गइसकेको छ भने ३९ हजार ८ सय ९७ जना क्वारेन्टाइनमा बसेका छन् ।
कर्णाली प्रदेशमा मा अहिलेसम्म ६ सय ३३ जना सङक्रमित फेला परेका छन् । जसमध्ये ९ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ६ सय २१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । ३ जनाको ज्यान गइसकेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये (रुकुम पश्चिम बाहेक) ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ । सो प्रदेशमा ३२ हजार ८२ जना क्वारेन्टाइनमा रहेका छन् ।
सुदुरपश्चिम प्रदेशमा मा अहिलेसम्म १ सय ११ जना सङक्रमित फेला परेका छन् । जसमध्ये १३ जना उपचारपछि निको भएर घर फर्केका छन् भने ९६ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने २ जनाको ज्यान गइसकेको छ । सुदुरपश्चिम प्रदेशका सबै ९ जिल्लामा कोरोना संङक्रमण फैलिएको छ त्यहाँ ६३ हजार ५ सय ७५ व्यक्तिहरु क्वारेन्टाइनमा बसेका छन् ।