
पछिल्लो २४ घन्टामा १ सय २ जना अस्पतालबाट निको भएर फर्केका छन् भने अहिलेसम्म निको हुनेको संख्या ४ सय ६७ पुगेको छ ।
जसमध्ये ३ सय ९९ जना पुरुष हुन् भने बाँकी ६८ जना महिला हुन् ।
बितेको २४ घण्टामा नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।
अहिलेसम्म नेपालमा ९६ हजार २ सय ५ जनाको पीसीआर विधिवाट परिक्षण गरिएको छ भने १३ जनाले कोरोनाको कारण आफ्नो ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या ३ हजार ४ सय नाघ्दा सङक्रमित भएको जिल्लाको संख्या ७१ पुगेको छ । पछिल्लो समय प्रदेश ५ को रुकुम जिल्लामा संक्रमण भेटिएसँगै प्रभावित बनेका जिल्लाको संख्या ७१ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ का इलाम र ओखलढुङगा, वाग्मती प्रदेशको रसुवा, गण्डकीको मनाङ र मुस्ताङ र कर्णालीको रुकुम पश्चिममा कोरोनाको सङ्क्रमण देखिएको छैन । अहिलेसम्म नेपालभर क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या १ लाख ७० हजार ७ सय ३२ पुगेको छ ।
र यो पनि पढ्नुहोस्
७१ जिल्लाका ३ हजार ४ सय ४८ जनामा कोरोना फैँलिदा यस्तो छ तथ्यांक