
भारतीय सञ्चार मिडियामा दाउद इब्राहिमको कोरोनाका कारण मृत्यु भएको विभिन्न अडकलबाजी सहितका समाचार प्रकाशित छन् । यसै सन्दर्भमा दाउदको बलिउडसँगको कनेक्सनबारे कुरा गर्दैछौं । अहिले दाउदसँग फोटो खिचेकै कारण धेरै कलाकार आलोचनाको शिकार भइरहेका छन् ।
उनको कनेक्सन सुपर स्टार सलमान खान देखि अनिल कपुरसम्म रहेको पाईएको छ ।
हालै मात्र अनिल कपुर र दाउदको फोटो इन्टरनेटमा रातारात भाइरल भयो । उनीहरुले अनिल कपुरलाई मात्र हैन सोनम कपुरलाई पनि ट्रोलको शिकार बनाउन भ्याए । उक्त्त कुराबाट आजित भएर सोनम बचाउमा उत्रनुपर्यो ।

उनले ट्वीट गर्दै भनिन् , “कृष्ण कपुर र राज कपुरसँग क्रिकेट हेर्न गएको बेलामा फोटो खिचेको हो । आफ्नो धर्ममा विश्वार गरौ र अरुलाई आरोप नलगाउँ ।”
@sonamakapoor जी आप बहुत प्रखरता से अपनी आवाज़ उठाती हैं। कृपया देश को बताएंगी कि आतंकी दाऊद के साथ आपके पिता की तस्वीर का संबंध उनके कर्म से है या उनके धर्म से ? https://t.co/87lgaNQk6N
— Ashok Shrivastav (@AshokShrivasta6) February 3, 2020
He went to a cricket match with raj kapoor and krishna Kapoor. And was in a box to see it. I think you need to stop pointing fingers and there are three that point back at you . I hope lord Ram can forgive you for being evil and spreading violence.
— Sonam K Ahuja (@sonamakapoor) February 3, 2020
सञ्जय दत्तको स्विकारोक्तिः
सञ्जय दत्तले मुम्बई पुलिसको सामुन्ने नायक फिरोज खानसँग उनको भेट दाउदमार्फत् नै भएको स्विकारेका थिए ।

उनीसँगै यी कलाकारकाे पनि दाउदसँग कनेक्सन थियो हेरौं फोटोहरु






अण्डरवर्ल्ड डन दाउद इब्राहिमको कोरोनाभाइरसका कारण मृत्यु भएको अनुमान गरिएको छ ।
उनको बारेमा बाहिरी विश्वलाई निकै कम थाहा हुने भएकोले यसको पुष्टि भने हुन सकेको छैन तर कैयौं अन्तर्राष्ट्रिय रिपोर्टहरुमा उनको मृत्यु भइसकेको आशंका गरिएको छ ।
शुक्रबार मात्रै इन्टेलिजेन्सको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाहरुले दाउद र उनकी पत्नी कोरोनाभाइरसबाट संक्रमित भएको र पाकिस्तानको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको लेखेका थिए ।
रिपोर्टमा दाउदको अवस्था गम्भीर भएको बताइएको थियो । लगत्तै शनिबार उनको मृत्यु भएको दावीसहितका समाचार प्रकाशित भएका छन् ।
यसको पुष्टि भने कतैबाट भएको छैन ।
शुक्रबार नै दाउदका भाइ अनिसले दाउद संक्रमित भएको खबर गलत भएको बताएका थिए ।
अनिसले डी कम्पनीले दुबइ र पाकिस्तानमा व्यवसाय गरिरहेको बताएका थिए ।
अनिसले नै अहिले दाउदको डी कम्पनीको सबै कामहरु हेर्ने गरेका छन् । दाउदको नेटवर्कलाई डी कम्पनीको नामले चिनिन्छ । दाउद मोस्ट वान्टेड डन भएको र उनको मृत्युको खबरले डी कम्पनीलाई ठूलो धक्का लाग्ने भएकोले अनिसको खण्डनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
शुक्रबार राती इन्टेलिजेन्स स्रोतको हवाला दिँदै आएका समाचारहरुमा कराचीको क्लिफ्टन इलाकामा बस्ने दाउद र उनकी पत्नी कोरोना संक्रमित भएको बताइएको थियो ।
दुवैको कराचीस्थित आर्मी अस्पतालमा उपचार भइरहेको र दाउदको अवस्था गम्भीर रहेको बताइएको थियो । रिपोर्टमा पाकिस्तानी सेनाको इन्टेलिजेन्स युनिट र पाकिस्तानी गुप्तचर एजेन्सी आइएसआइले उनीमाथि निगरानी गरिरहेको बताइएको थियो ।
