
कपिलवस्तुमा थप ५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
यससँगै कपिलवस्तु जिल्लामा मात्रै कुल संक्रमित संख्या ४ सय ८४ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
पछिल्लो अपडेट अनुसार थपिएका संक्रमित विजयनगर गाउँपालिका वाड न ३ का बर्ष २५ का १ जना पुरुष रहेका छन् भने वार्ड न ५ का वर्ष २४ का १ जना पुरुष र वार्ड न ६ का वर्ष २२,३२,४८ का ३ जना पुरुष रहेका छन् ।
आजै बिहान गण्डकी प्रदेशमा पनि थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्की जिल्लामा अहिलेसम्म कोरोना नदेखिएकोमा आज बिहान गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तीमा ३ जनामा कोरोना देखिएको जनाइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित जिल्लाको संख्या ६९ पुगेको छ ।
२०७७/०२/२४
बिहान १०:३० बजे
कपिलवस्तुमा कोभिड १९ थप ५ जना पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या…Posted by Health Office, Kapilvastu on Friday, June 5, 2020
र यो पनि पढ्नुहोस् :
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि