गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गण्डकी प्रदेशका अनुसार स्याङ्जामा १० जना, बाग्लुङमा १ जना, कास्कीमा ३ जना र नवलपरासी पूर्वमा 3 जनामा कोरोनाको संक्रमण देखिएको हो ।
स्याङ्जाको वालिङ नगरपालिकामा १६ वर्षदेखि ५४ वर्षका आठ पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई पुरुष पनि संक्रमित भएका छन । त्यस्तै बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।
कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्वको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय तीन पुरुषमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बस्नेहरु छन् । संक्रमित सबैलाई जिल्लाको आइसोलेसनमा पठाइएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।