
काठमाडौं । चौतर्फी आलोचनापछि सरकारले कर तिर्ने समयावधी बढाएको छ ।
आन्तरिक राजस्व विभागले बाँकी रहेका कर तिर्ने म्याद जेठ २५ गते सकिने सूचना जारी गरेकोमा त्यसलाई बढाएको हो ।
अब सर्वसाधारण तथा व्यवसायीले असार ७ सम्म कर तिरे हुनेछ ।
याँ सूचनाअनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ । यसैगरी, अन्तःशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७ नै बनाइएको छ ।

विभिन्न राजनैतिक दल तथा सर्वसाधारणहरुले सरकारले उक्त कदमको बिरोध गरेका थिए । कतिले लकडाउनको बेला जनतालाई घरभित्र थुनेर मन्त्रिहरुलाई तलब खुवाउन कर लिन लागिएको भन्नेसम्मका अभिव्यक्ति दिएका थिए ।
साना ठूला व्यवसायीले लक डाउनको कारण भोगिरहेको चुनौतीलाई नजरअन्दाज गरेर कर उठाउने निर्णय प्रति नेपाली कांग्रेसको आपत्ति रहेको नेपाली कांग्रेस ले एक विज्ञप्ती जारी गर्दै बताएको थियो ।

“हामीले पटक पटक यो निर्णय गलत हो भनेर सरकारलाई सुझाव दिँदापनि नसुनिकन यस्तो निर्णय गर्नु सरकारले बजारको स्थिति बुझेर पनि बुझ्पचाउनु र नागरिकको पीडाप्रति असंवेदनशिल बन्नु हो”
बिज्ञप्तीमा भनिएको छ ।
त्यस्तै राप्रपाले पनि सोको विरोधमा आफ्नो भनाइ राखेको थियो भने नेपाल उद्योग बाणिज्य महासंघले अर्थमन्त्रालयका राजश्व सचिवलाई एक पत्र लेख्दै अहिले कर तिर्न नसकिने जानकारी गराएको थियो ।