डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइनमा बसेकालाई खाना र खाजाबापत दैनिक दुई सय रुपैयाँ भत्ता दिँदै आएको छ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यका अनुसार, नगरपालिकाको जेठ १४ गते बसेको बैठकको निर्णय अनुसार क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक दुई सय रुपैयाँ दिँदै आएको हो ।
डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाएका क्वारेन्टाइनमा सबैजना नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टाइनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ–आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक दुई सय रुपैयाँका दरले भत्ता दिने गरेको उनले बताए।