काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले केहीबेरमा बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे ८ बजेलाई बैठक बोलाइएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
बैठकमा सरकारले आज ल्याउने नीति तथा कार्यक्रमका साथै कोरोना भाइरसको बढ्दो संक्रमणका बारेमा छलफल हुने बताइएको छ ।
भिम रावलको सुरक्षामा खटिएका व्यक्तिमा कोरोना देखिएपछि नेकपाको बैठक स्थगित भएको थियो । पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नेकपाको बैठक स्थगित भएको थियो ।
बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी दिएको थियो । पछि भिम रावलको नामको बहाना बनाएर बैठक स्ठगित गरेको आरोप खेपेका ओलीले आज बैठक बोलाएका हुन् ।