
काठमाडौं, जेठ १ : गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न अनुमती दिएको पास पनि खारेज गर्ने निर्णय गरेको छ।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले प्रशासनले जिल्लाभित्र सञ्चालन गर्न पाउने गरी वितरण गरेको पास खारेज गर्ने निर्णय गरेको हो।
बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलबाट शुक्रबारदेखि लकडाउन थप कडा बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
यसअघि मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज गरिसकेको छ।