प्यूठानका ११ जनाको र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ ।
प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए ।
उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् ।
र यो पनि पढ्नुहोस् :कोरोना संक्रमणबाट १७ जिल्ला प्रभावित, उच्च जोखिममा कुन कुन परे ?
उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।
उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए ।
यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।
अहिलेसम्म नेपालमा १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । तीमध्यै दोहोरो अंकमा संक्रमण देखिएका जिल्ला ५ वटा छन् । पर्सा जिल्लामा ६४ जना, उदयपुर जिल्लामा ३२ जना, कपिलवस्तु जिल्लामा २९ जना, बाँके जिल्लामा २४ जना र रुपन्देही जिल्लामा १६ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
आजसम्म नेपालमा १ सय ९१ जनामा कोरोना संक्रमणको पुष्टि भैसकेको छ । संक्रमितको संख्या १ सय ९१ पुग्दा १ सय ५८ जना पुरुष छन् भने ३३ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् ।
र याे पनि
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका