
नेपालमा हालसम्म १७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार एकै दिन ५७ जनामा संक्रमण देखिएको छ । जम्मा एक सय ९१ जनामा मा संक्रमण देखिएकोमा ३३ जना निको भइसकेका छन् ।
सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा छन् । जहाँ संक्रमितको संख्या ६४ पुगेको छ । मंगलबार मात्र ३९ जनामा संक्रमण देखिएको थियो । उदयपुरमा ३२, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा पाँच तथा कैलालीमा चार जनामा संक्रमण भेटिएको छ ।
दोहोरो अंकमा संक्रमण देखिएका जिल्लाहरु पर्सा उदयपुर कपिलवस्तु बाँके र रुपन्देही उच्च संक्रमणमा रहेका छन् ।
जिल्ला | कुल संक्रमित | निको भएका |
---|---|---|
जम्मा | १९१ | ३३ |
पर्सा | ६४ | ३ |
उदयपुर | ३२ | १४ |
कपिलवस्तु | २९ | ० |
बाँके | २४ | ० |
रुपन्देही | १६ | ० |
काठमाडौं | ५ | ५ |
कैलाली | ४ | ४ |
बारा | ३ | ० |
रौतहट | ३ | १ |
चितवन | २ | १ |
झापा | २ | १ |
बाग्लुङ | २ | २ |
कञ्चनपुर | १ | १ |
धनुषा | १ | ० |
बर्दिया | १ | ० |
भोजपुर | १ | १ |
सप्तरी | १ | ० |
बारा र रौतहटमा तीन, चितवन, बाग्लुङ र झापामा दुई , कञ्चनपुर धनुषा बर्दिषा भोजपुर र सप्तरीमा १-१ जनामा संक्रमण देखिएको छ ।
लकडाउनका बाबजुत नेपालमा समुदाय तहमा संक्रमण फैलिएको छ ।जून निकै जोखिमपूर्ण भएको बताइएकाे छ । छिमेकी देश भारतमा पनि उच्च दरमा बढेको छ । जहाँ सोमबार ४२ सयमा संक्रमण देखिएको थियो । भारतमा संक्रमितको संख्या ६० हजार नाघेको छ । खुला सीमाका कारण भारतबाट आउनेहरुबाट नेपालमा संक्रमण बढेको हो ।
संक्रमितको संख्या १ सय ९१ पुग्दा १ सय ५८ जना पुरुष छन् भने ३३ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् ।