काठमाडौं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल कम्यनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले कालापानी क्षेत्रमा रहेको सीमा विबाद प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण नभएको बताएका छन् ।
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको भोलि पल्ट नेता बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अहिलेको सिमा विवाद प्रधानमन्त्री ओली अघिको सरकारको नेतृत्वमा मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम भएको पनि बताए ।
‘कालापानी क्षेत्रमा रहेको सीमा विबाद ओलीको राष्ट्रवादी अडानको पुनःपरिक्षण होइन।ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो।’, उनले भनेका छन्, ‘प्रश्न ओलीको जामारक्षाको होईन आमाको स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीको दृढतापूर्ण साथको हो।’
कालापानी क्षेत्रमा रहेकाे सीमा विबाद ओलीकाे राष्ट्रवादी अडानकाे पुनःपरिक्षण हाेइन।ओलीअघिकाे हाम्राे नेतृत्वकाे माैकापरस्त दृष्टिकोण र भारतकाे मिचाहा नीतिकाे परिणाम हाे।प्रश्न ओलीकाे जामारक्षाकाे हाेईन आमाकाे स्वाधीनता रक्षानिम्ती उनले चाल्ने कदममा नेपालीकाे दृढतापूर्ण साथकाे हाे।
— Gokul Prasad Baskota (@GokulPBaskota) May 9, 2020