
काठमाडौं : सरकारका उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका छन् ।
बुद्ध जयन्तीको अवसर र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप सरकारले दीप प्रज्वलन गर्ने निर्णय बुधबार नै गरिसकेको थियो ।
सरकारले सबै नागरिकहरुलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरेको थियो ।
सोही अनुरुप बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा बुद्ध धर्मावलम्वी अगुवाहरु समेत सहभागी थिए । कार्यक्रममा बुद्ध धर्मावलम्वीहरुका आस्थाको केन्द्र गौतम बुद्धको प्रतिमा राखी वरपर रंगीचंगी बत्ती बालिएको थियो ।