
नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । तिमध्ये ७१ जना पुरुष छन् भने २८ जना महिला छन् । उमेरको हिसावले हेर्दा सानो २ महिनाको नावालकलाई पनि कोरोना संक्रमित भएको छ ।
अपडेट : बिहिबार नेपालमा थप २ जना कोरोना संक्रमित भेटिएका छन् । नयाँ संक्रमित दुवै जना कपिलवस्तु जिल्लाका पुरुष हुन् । उनीहरुको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उनीहरू दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमै छन्। योसँगै नेपालमा कोरोना संक्रमित १ सय १ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले दिएको जानकारी अनुसार संक्रमित ९९ जनामध्ये प्रदेश १ का ३१ जना प्रदेश २ का ३० जना बाग्मती प्रदेशका ७ जना गण्डकी प्रदेशको २ जना प्रदेश ५ को २४ जना कर्णाली प्रदेशमा शुन्य र सुदुरपश्चिम प्रदेशमा ४ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये २२ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
अहिले देशका विभिन्न अस्पतालमा ७७ जना कोरोना संक्रमितहरु उपचारत छन् । जसमध्ये धनगढी, रुपन्देही र भरतपुर जिल्लामा १-१ जना नेपालगन्जमा २३ जना बिराटनगरमा २५ जना र विरगन्जमा २६ जना गरेर जम्मा ७७ जना उपचाररत छन् ।
कोरोना संक्रमणको हटस्पटको रुपमा देखिएको उदयपुर जिल्लामा ५ सय विरगन्ज र नेपालगन्जमा १ हजारको दरले थप नमुना संकलन गर्नको लागि नेपाली सेनासहितको चिकित्सकिय टोली त्यसतर्फ गइसकेको देवकोटाले जानकारी दिएका छन् ।