क्वारेन्टाइनमा टिकटक भिडियो बनाउने ७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना भाइरसको संक्रमणको कारण भारतको ‘रेड जोन’ मा परेको ओडिशाको भद्रक जिल्लाको तिहाडीको क्वारेन्टाइनमा रहेका सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
उनीहरुले व्यक्तिगत दुरी र सामाजिक प्रतिबन्ध नियमको उल्लङ्घन गर्दै टिकटकको भिडियो बनाएका थिए । स्थानीय सरपन्च स्वर्णमयी सेनाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
उनीहरुले क्वारेन्टाइन सेन्टरभित्र बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साथै समाचारमा पनि यसको चर्चा भइरहेको छ । भिडियोमा ती सात जना नाचेको र रमाइलो गरेको देख्न सकिन्छ ।
र यो पनि पढ्नुहोस् :