
२२ वैशाख । काठमाडौं : लकडाउनकको कारण बन्द रहेको मदिरा पसल खोल्ने भारतीय सरकारको निर्णयसँगै नयाँ रेकर्ड कायम भएको छ ।
भारतको कर्नाटक राज्यमा पछिल्लो १२ घन्टामा ४५ करोड बराबरको मदिरा बिक्रि वितरण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कतिपयले भने मदिरा पसल खोल्ने निर्णयले भारतको अर्थतन्त्र उस्किने बताएका छन् । ।
मदिरा पसल खुलेको १२ घण्टाभित्र ४ लाख लिटर बियर, ८ लाख लिटर सामान्य मदिरा बिक्रि भएको जनाइएको छ । कोरोनाको संक्रमणमा रोक लगाउन भारतीय सरकारद्वारा जारी महिनौदेखिको लकडाउनमा मदिरा सेवन गर्ने व्यक्तिहरुको लागि उत्साह सिर्जाना छ ।
लकडाउनका कारण सम्पूर्ण कार्य ठप्प रहँदा भारतीय अर्थतन्त्र व्यापक मात्रमा प्रभावित भएको थियो । मदिरा बिक्रिले अर्थतन्त्रमा सुधार आउने समेत कतिपयले आकलन लगाएको छ ।
हप्तामा एकदिन भएपनि मदिरा पसल खोल्नुपर्छ भन्ने अभिव्यक्ति दिने बलिउडका नायक ऋषि कपुरको केही दिन अगाडी निधन भएको छ ।
नेपालमा पनि मदिरा पसल खोल्नुपर्छ भन्ने आवाज केही समयदेखि उठिरहेको छ । नेपाल पेय पदार्थ संघले एक विज्ञप्तिमार्फत सरकारसँग निश्चित समयसीमा दिएर मदिरा पसल खोल्न दिनुपर्ने माग अगाडी सारेको छ ।
लकडाउनमा खुलेका भाटभटेनी लगायत विभिन्न मार्टहरुले मदिरा बेचरहेको अवस्थामा संघले साना व्यवसायीहरुले पनि मदिरा पसल खोल्न पाउनुपर्ने माग गरेका छन् ।
फिचर इमेच : Pixabay