
ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा शुक्रबार राति साढे १० बजेदेखि लागेको आगलागिका कारण ७ घर र ११ पसल जलेर नष्ट भएका छन् ।
आगलागी भैरहेको स्थानमा रहेका ताप्लेजुङ्गका सञ्चारकर्मी सीताराम गुरागाइले स्थानीय प्रशासनलाई उदृत गर्दै केटिएम दैनिकलाई बताएअनुसार अहिलेसम्म ७ घर र ११ पसल पूर्ण रुपमा जलेर खरानी भएका छन् । एकजना व्यक्ति सामान्य घाइते भएका छन् । उनको उपचार भैरहेको जनाइएको छ ।
आगलागिको ३ घन्टापछि फुङ्गलिङ्ग नगरपालिकाको दमकल ले आगलागी नियन्त्रणमा लिइसकेको छ ।
बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो । भट्टराई होटलबाट आगलागी सुरु भएको बताइएको छ तर यसको पुष्टि भने भैसकेको छैन । आगलागी के कारणले भयो र आगलागीबाट कति क्षति भयो भन्ने विवरण भोलीमात्रै थाहा हुने स्थानीय प्रशासनले जानकारी दिएको छ ।
ताप्लेजुङमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर
ताप्लेजुङमा भिषण आगलागी, आगो नियन्त्रण बाहिरhttps://ktmdainik.com/2020/05/6301/
Gepostet von Ktm Dainik am Freitag, 1. Mai 2020
जिल्लामा एउटा मात्रै दमकल भएको कारण नियन्त्रणमा समस्या भएको थियो ।
२०७१ सालमा पनि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा सोमबार आगलागी हुँदा चार दर्जनभन्दा बढी घर जलेका थिए । आगलागीले बजारको तोक्मेडाँडा क्षेत्रमा रहेका तीन सरकारी कार्यालय, आधादर्जन गैरसरकारी कार्यालय, दर्जनौं घर र पसल नष्ट भएका थिए ।