
अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव सुझाव दिएकी छिन् ।
अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको र यसको पक्ष र विपक्षमा बहस भइरहेको बेला अभिनेत्री कोइरालाले यस्तो सुझाव दिएकी हुन् ।
साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्वीटलाई रि–ट्वीट गर्दै उनले लेखेकी छिन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ ।
विगतमा हामीले गल्ती गरेका छौं ।
विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं ।
मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’
नेपालमा सत्तारुढ दलभित्रै एमसीसीका बुँदाहरु संसोधन नगरीकन त्यत्तिकै लागू गर्न नहुने कुरा उठिरहेको छ ।
one should read carefully..in the past we have done blunders..hope we learn from past mistakes..reminds me of the time of tanakpur sandhi.. https://t.co/Zfhj6l552z
— Manisha Koirala (@mkoirala) May 30, 2020
अमेरीकी दूतावासको अनुरोधमा यही बजेट अधिवेशनबाटै एमसीसी पास गरिदिने अमेरीकी अपेक्षा रहेको कुरा सार्वजनिक भएपछि नेकपा र ओली सरकार चर्को दवावमा रहेका छन् । पार्टी भित्रै एमसीसी पक्ष र विपक्षमा मत देखिएपछि यसको समाधानका लागि आज बालुवाटारमा बैठक बसेको छ ।
उक्त बैठकका निर्णयहरु भने सार्वजनिक भैसकेका छैनन् ।