
आइतबार बेलुकासम्म नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।
संक्रमितको संख्या ६०३ पुग्दा ६०२ जना पुरुष छन् भने ८० जना महिला रहेका छन् । तीमध्ये केही नाबालकहरु पनि छन् ।
अहिलेसम्म ४३ जिल्लामा संक्रमण फैलिएको छ । अछाम जिल्लामा आज नयाँ संक्रमित भेटिएसँगै संख्या ४३ पुगेको हो ।
प्रदेशको तथ्यांक
पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का ७ जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म प्रदेश १ मा ८६ जना संक्रमित फेला परेका छन् । हिजोसम्मको तथ्यांक पनि सोही नै थियो । अर्थात विगत २४ घन्टामा प्रदेश १ मा नयाँ संक्रमित फेला परेका छैनन् । संक्रमित व्यक्ति मध्ये २६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ६० जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रदेश | संक्रमित जिल्लाको संख्या | अस्पतालमा उपचाररत | निको भएका | ज्यान गुमाएका | जम्मा संक्रमित |
---|---|---|---|---|---|
जम्मा | ४३ | ५६६ | ११२ | ४ | ६८२ |
प्रदेश १ | ७ | ६० | २६ | ८६ | |
प्रदेश २ | ८ | २०१ | ३३ | १ | २३५ |
बाग्मती प्रदेश | ११ | २६ | ११ | १ | ३८ |
गण्डकी प्रदेश | ३ | ३ | २ | ५ | |
प्रदेश ५ | ७ | २५५ | ३५ | २ | २९२ |
कर्णाली प्रदेश | २ | ११ | ११ | ||
सुदुरपश्चिम प्रदेश | ५ | १० | ५ | १५ |
प्रदेश २ का सम्पूर्ण जिल्ला (८ वटै ) जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म प्रदेश २ मा २३५ जना संक्रमित भेटिएका छन् तीमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २०१ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । प्रदेश २ मा पर्ने बारा जिल्लामा १ व्यक्तिको कोरोनाको कारणले गर्दा ज्यान गइसकेको छ ।
बाग्मति प्रदेशका ११ जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म बाग्मति प्रदेशमा मा ३८ जना संक्रमित भेटिएका छन् तीमध्ये ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्, २६ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने १ जनाको ज्यान गइसकेको छ ।
गण्डकी प्रदेशका ३ जिल्लामा संक्रमण फैलिएको छ । अहिलेसम्म गण्डकी प्रदेशमा मा ५ जना संक्रमित भेटिएका छन् तीमध्ये २ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्, निको भएर फर्केने बाग्लुङ्ग जिल्लाका हुन् । ३ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रदेश ५ का ७ जिल्लामा संक्रमण फैलिएको छ । सो प्रदेशमा मा २९२ जना संक्रमित फेला परेका छन् तीमध्ये ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्, २ जनाले ज्यान गुमाएका छन् भने २५५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
कर्णाली का २ जिल्लामा संक्रमण फैलिएको छ । सो प्रदेशमा मा ११ जना संक्रमित फेला ती सबै संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
सुदुरपश्चिम प्रदेशका ५ जिल्लामा संक्रमण फैलिएको छ । सो प्रदेशमा मा १५ जना संक्रमित फेला परेका छन् तीमध्ये ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १० जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।
जिल्लागत तथ्यांक
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्ला १४६ (एकजनाले ज्यान गएको जोड्दा १४७) छन् भने पर्सामा ९५, कपिलवस्तुमा ८३ जना, रौतहटमा ४७ जना, रुपन्देहिमा ४३ जना, बारामा ३६ जना, झापा र सर्लाहीमा ३५-३५ जना, उदयपुरमा ३३ जना, , काठमाडौंमा १६ जना र धनुषामा १४ जना संक्रमित फेला परेका छन् ।
त्यस्तै दैलेखमा ८ जना संक्रमित फेला पर्दा धनकुटा, कैलाली र बर्दियामा ७-७ जना संक्रमित भेटिएका छन् ।
नवलपरासी (पश्चिम), चितवन र मोरङमा ६-६ जना भेटिएका छन् ।
बैतडी र दाङमा ५-५ जना संक्रमित फेला पर्दा भक्तपुर र सप्तरी जिल्लामा ४-४ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भैसकेको छ ।
महोत्तरी धादिङ्ग, सुनसरी मकवानपुर र सुर्खेतमा ३-३ जना संक्रमित फेला परेका छन् ।
नवलपरासी (पूर्व), बाग्लुङ र गुल्मिमा २-२ जना संक्रमित भेटिएका छन् ।
१ जनामा संक्रमित भेटिएको जिल्लाको संख्या १३ पुगेको छ । जसमा भोजपुर, कञ्चनपुर सिराहा, काभ्रे, सिन्धुपाल्चोक, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली, लमजुङ्ग, डडेलधुरा, नुवाकोट र अछाम रहेका छन् ।
अहिलेसम्म ११२ जना संक्रमितहरु उपचारपछि निको भएर फर्केका छन् । ती मध्ये पर्साका २५ जना, उदयपुरका २३ जना, बाँकेका २१ जना, रुपन्देहीका ११ जना, काठमाडौंका ५ जना, कैलालीका ४ जना, रौतहटका ३ जना, बारा, झापा, धनुषा, चितवन, भक्तपुर, धादिङ्ग र बाग्लुङ जिल्लाबाट २-२ जना संक्रमित निको भएका छन् ।
कपिलवस्तु, सर्लाही, दाङ, भोजपुर र कञ्जनपुर गरी पाँच जिल्लाका १-१ जना संक्रमित निको भएका छन् ।
सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारा जिल्लाका १-१ जना गरी ४ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
जिल्ला | कुल संक्रमित | निको भएका | ज्यान गुमाउने |
---|---|---|---|
जम्मा | ६८२ | ११२ | ४ |
बाँके | १४६ | २१ | १ |
पर्सा | ९५ | २५ | |
कपिलवस्तु | ८३ | १ | |
रौतहट | ४७ | ३ | |
रुपन्देही | ४३ | ११ | |
बारा | ३६ | २ | १ |
झापा | ३५ | २ | |
सर्लाही | ३५ | १ | |
उदयपुर | ३३ | २३ | |
काठमाडौं | १६ | ५ | |
धनुषा | १४ | २ | |
दैलेख | ८ | ||
धनकुटा | ७ | ||
कैलाली | ७ | ४ | |
बर्दिया | ७ | १ | |
नवलपरासी (पश्चिम) | ६ | ||
चितवन | ६ | २ | |
मोरङ्ग | ६ | ||
बैतडी | ५ | ||
दाङ्ग | ५ | १ | |
भक्तपुर | ४ | २ | |
सप्तरी | ४ | ||
महोत्तरी | ३ | ||
धादिङ्ग | ३ | २ | |
सुनसरी | ३ | ||
मकवानपुर | ३ | ||
सुर्खेत | ३ | ||
नवलपरासी ( पूर्व ) | २ | ||
बाग्लुङ | २ | २ | |
गुल्मि | २ | १ | |
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोक | १ | १ | |
खोटाङ्ग | १ | ||
ललितपुर | १ | ||
रामेछाप | १ | ||
सिन्धुली | १ | ||
लमजुङ्ग | १ | ||
डडेलुधरा | १ | ||
नुवाकोट | १ | ||
अछाम | १ |