
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या शनिबार बेलुकासम्म ५८४ पुगेको छ ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्ला १४२ (एकजनाले ज्यान गएको जोड्दा १४३) छन् भने पर्सामा ९१, कपिलवस्तुमा ७७, रुपन्देहिमा ३७, झापामा ३६, उदयपुरमा र सर्लाहीमा ३३-३३ जना, रौतहटमा २२ जना, काठमाडौंमा १२ जना, बारामा ११ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै धनुषामा ९ जना, धनकुटा र कैलालीमा ७ जना संक्रमित फेला परेका छन् ।
चितवन र नवलपरासी (पश्चिम) मा ६-६ जना भेटिएका छन् ।
मोरङमा र बैतडीमा अहिलेसम्म ५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।
दाङ र भक्तपुरमा ४-४ जना, महोत्तरी, धादिङ्ग, सुनसरी, मकवानपुर, बर्दिया र सुर्खेतमा ३-३ जना संक्रमित भेटिएका छन् ।
नवलपरासी (पूर्व), बाग्लुङ र सप्तरीमा २-२ जना संक्रमित भेटिएका छन् ।
१ जनामा संक्रमित भेटिएको जिल्लाको संख्या १३ पुगेको छ । जसमा भोजपुर, कञ्चनपुर सिराहा, काभ्रे, सिन्धुपाल्चोक, गुल्मि, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली, लमजुङ्ग र डडेलधुरा रहेका छन् ।
अहिलेसम्म ७० जना निको भएर फर्केका छन् भने ३ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।
हेर्नुहोस कुन जिल्लामा कति संक्रमित
जिल्ला | कुल संक्रमित | निको भएका | ज्यान गुमाउने |
---|---|---|---|
जम्मा | ५८४ | ७० | ३ |
बाँके | १४२ | २१ | १ |
पर्सा | ९१ | ४ | |
कपिलवस्तु | ७७ | ||
रुपन्देही | ३७ | १ | |
झापा | ३६ | २ | |
उदयपुर | ३३ | २३ | |
सर्लाही | ३३ | ||
रौतहट | २२ | १ | |
काठमाडौं | ११ | ४ | |
बारा | ११ | ||
धनुषा | ९ | १ | |
धनकुटा | ७ | ||
कैलाली | ७ | ४ | |
नवलपरासी (पश्चिम) | ६ | ||
चितवन | ६ | २ | |
मोरङ्ग | ५ | ||
बैतडी | ५ | ||
दाङ्ग | ५ | ||
भक्तपुर | ४ | २ | |
महोत्तरी | ३ | ||
धादिङ्ग | ३ | १ | |
सुनसरी | ३ | ||
मकवानपुर | ३ | ||
बर्दिया | ३ | ||
सुर्खेत | ३ | ||
नवलपरासी ( पूर्व ) | २ | ||
बाग्लुङ | २ | २ | |
सप्तरी | २ | ||
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोक | १ | १ | |
गुल्मि | १ | १ | |
खोटाङ्ग | १ | ||
दैलेख | १ | ||
ललितपुर | १ | ||
रामेछाप | १ | ||
सिन्धुली | १ | ||
लमजुङ्ग | १ | ||
डडेलुधरा | १ |