काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्दैछ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।
त्यसअघि संविधान संशोधनका लागि सरकारले प्रस्ताव पेश गरिसकेको छ ।
उता, नेकपाभित्र विवादको विषय बनेको अमेरिकी आर्थिक सहयोग रकम एमसीसीबारे पनि छलफल हुन सकेको छैन ।
तर सरकारले पार्टीमा छलफल र सहमति संशोधन नगरी एमसीसीका कार्यक्रम नीति तथा कार्यक्रममा घुसाएको भन्दै विरोध हुदै आएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पनि छलफल हुने जानकारी दिए ।
बैठककाे लागि बालुवाटारमा नेताहरुकाे आउने क्रम जारी नै रहेकाे छ ।