
क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई राख्न न्यूनतम मापदण्ड पुरा गर्न नसक्दा आज झापा कोरोनाको हटस्पटको रुपमा विकसित भैरहेको छ ।
झापाको कचनकवल गाउँपालिकामा कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति राख्न बनाएको क्वारेन्टाइन व्यवस्थापनमा लापरवाहीकै कारण आज यो अवस्था आएको छ ।
संख्या बढ्दो छ क्वारेन्टाइन भवनमा खाने, बस्ने व्यवस्थापनबाटै कोरोना संक्रमण फैलिएको स्थानीयले दावी गरेका छन ।
भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने नागरिकका लागि सामन्य मापदण्ड पनि पुरा गर्न नसक्दा अहिले को परिणाम देखा परेको हो । ति ब्यक्तिहरुको भिडभाड, दूरी कायम गराउँन नसक्दा आज क्वारेन्टाइन मा रहेका २३ जनामा कोरोना देखा परेको छ भने थप ४४ जनामा कोरोना पोजेटिभ आएको खबर समेत प्राप्त भएको छ तर उक्त संख्यालाई स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा घोषणा गर्न बाँकी नै छ ।

धेरै दिन अघि बाट झापाको कचनकवलका पाठामारी, केचना र घेरावारी क्षेत्रका नाकाबाट व्यक्तिहरू सहजै प्रवेश गर्ने गरेका खवर आएका थिए भारतबाट लुकीछिपी आउनेलाई क्वारेन्टाइनमा बस्न सुल्झाए अनुसार क्वारेन्टिन पुग्ने गरेका थिए । तर, गाउँ पालिकाले निर्माण गरेका क्वारेन्टिन भवनहरू व्यवस्थित नभएकै कारण कोरोना संक्रमितको संख्या बढेको हो ।
पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमवार परीक्षणका क्रममा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । तर आज ३३ पुगेको छ । यसअघि झापामा संक्रमित देखिएका बाह्रदशी र दमकका दुई जना उपचारपछि घर फर्किसकेका छन् । भारतको मुम्बइबाट दिल्ली हुँदै लुकिछिपी आएका लाई नियन्त्रणमा लिएर पथरिया माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो । लुकेर आएका भनिएका नागरिक गाउँ पालिकाले सधै ट्याक्टरमा हालेर कचनकवल–३ स्थित पथरिया माविमा रहेको क्वारेन्टिनमा पुराउने गरेको थियो ।
विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित थिएन, संक्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालय समेत एउटै रहेको थियो । जम्मा दुईवटा शौचालय थियो । प्रत्यक्षदर्शी स्थानीयका अनुसार क्वारेन्टिनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, व्रतबन्ध वा भोजमा सामेल भए जस्तो सामुहिक शैलिको देखिने गरेको थियो ।
भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका ति नागरिक खुला सीमाले थप चुनौती दिएको थियो । प्रहरी प्रशासनले कडाइ गर्न नसक्नु अनि बैधानिक रुपमा नेपाल प्रवेश गराउन नसक्नु ठूलो कमजोरी थियो । भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासँग जोडिएको छ।
भारतमा रेल खुलेपछि यहाँका बासिन्दा धमाधम स्वदेश फर्किन थालेका थिए । बोर्डरसम्म आइपुगेका नेपालीहरूलाई भारतीय एसएसबीले पनि नेपाल प्रवेश गर्न दिइरहेको थियो भने नेपालले समेत चोर बाटो प्रयोग गरेर नागरिक ल्याउन खोजि रहेको थियो । भारतीय सुरक्षाकर्मीले रोकेका भए, यस्तो समस्या आउँदैन थियो वा नेपालले नेपाली ल्याउने बिषयमा बैधानिक रुपमा र ल्याएका नेपालीको व्यवस्थापन गर्न ध्यान दिएको भए यस्तो अवस्था आउने थिएन होला ।
भारतको पश्चिम बङ्गाल र विहारसँग खुला सीमा जोडिएका झापा अब प्रदेश नं. १ मा कोभिड १९ को इपिसेन्टर बन्ने डर रहेको छ ।
नाम मात्रैका क्वारेन्टाइन, भौतिक पूर्वाधार न सरसफाइ नभएकै कारण यस्तो अवस्था आएको हो । उनीहरुको कोचिएर बस्न बाध्य छन । सामाजिक दूरी को कुरै छाडौ, जस्ले गर्दा एउटामा कोरोना संक्रमण देखिएमा धेरैलाई सर्ने सम्भावना छ । क्वारेन्टाइन कोरोनाको ‘एम्बुस’ बन्न सक्ने सम्भावना देखिन्छ । विद्यालय कोठामा क्वारेन्टाइन, भुइँमै वास यस्तै छ झापाको अवस्था अनि कसरी नहोस डेन्जर जोनमा झापा ।
घिमिरे झापाका सञ्जारकर्मी हुन् ।