
काठमाडौ । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय नायिका करिश्मा मानन्धरले भारतसँगको सीमाना विबाद सहमती र छलफलके आधारमा टुंग्याउनुपर्ने सुझाव दिएकी छिन् ।
सामाजिक संजाल फेसबुकमा स्टाटस सेयर गर्दै करिश्माले भारतसँग सिमानाको कुरा गरेर मात्र नक्सा सार्वजनिक नगर्ने हो भने उने पुस्ताले पनि यस्तै जीवन जिउन बाध्य हुने धारणा राखेकी छिन् ।
सदवाहार नायिकाको परिचय पाएइकी सुन्दरी करिश्मा कलाकारिता, राजनीति हुँदै सामाजिक कर्ममा ब्यस्त बन्दै गएका बेला पछिल्लो समय उनी सामाजिक संजालमा औधी सक्रिय बन्दै गइरहेकी छिन् ।
जसअन्र्तगत करिश्माले सरकारले सार्वजनिक गरेको नेपालको नक्सालाई लिएर यस्तो धारण रोखकी छिन् । उनले सामाजिक संजालमा पोष्ट गरेको स्टाटस पढ्नुहोस् जस्ताको त्यस्तै
‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौ, भाइचारा को कुरा गर्छौ, तर छिमेकी जस्को थिचोमिचो मा हामी दशकौंदेखि परिरहेको छौ ति छिमेकीसंग सिमाना बारे किल्यर कट कुरा नगरी कसरी मुलुकको नक्सा सार्वजनिक गर्छौ ? के यो सोझो जनतालाई बच्चालाई पापा देखाएको जस्तो झुक्याए को हो ? के अर्को पुस्ताले फेरी यो नक्सा देखाउदै छिमेकीसंग विवाद गरेरै जीवन गुजर्ने ? सबै बाट मान्यता प्राप्त सिमाना सहितको नक्सा चाहिन्छ नेपालीलाई ।’