
मोरङ र धनकुटा जिल्लामा कोरोना संक्रमित भेटिएसँगै नेपालका ३० जिल्लामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
आइतबार साँझसम्म कोरोना संक्रमितको संख्या २९५ पुग्दा संक्रमित जिल्लाको संख्या ३० पुगेको हो ।
दोहोरो अंकमा (१० जना वा सोभन्दा बढी) संक्रमित रहेका जिल्लाको संख्या ६ पुगेको छ । जसमा पर्सा जिल्लामा ९१ जना, कपिलवस्तु जिल्लामा ४३ जना, बाँके जिल्लामा ३४ जना, उदयपुर जिल्लामा ३३ जना, रुपन्देही जिल्लामा २८ जना र रौतहट जिल्लामा १३ जना संक्रमित रहेका छन् ।
बाँके जिल्लामा आज एकजनाको निधन भएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ । हिजो मात्र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाकी २९ वर्षिया सुत्केरीले कोरोनाको कारण ज्यान गुमाएकी थिइन् ।
त्यस्तै काठमाडौं जिल्लामा ८ जना संक्रमित रहेका छन् भने धनुषामा ६ जना र कैलालीमा ४ जना संक्रमित रहेका छन् । कैलालीका ४ जना नै उपचारपछि निको भएर घर फर्केका छन् ।
दाङ, बारा चितवन र महोत्तरीमा ३-३ जना संक्रमित भेटिएका छन् । त्यस्तै बाग्लुङ, झापा, भक्तपुर, धादिङ्ग, बर्दिया र मोरङ्ग जिल्लामा २-२ जना संक्रमित भेटिएका छन् ।
भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), नवलपरासी ( पूर्व ), सप्तरी, मकवानपुर ,सिराहा, काभ्रे ,सिन्धुपाल्चोक र धनकुटामा १-१ जना संक्रमित भेटिएका छन् ।
अहिलेसम्म ३६ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएर फर्केका छन् । जसमध्ये उदयपुर जिल्लामा १५ जना, काठमाडौं र कैलालीमा ४-४ जना, पर्सामा ३ जना, चितवन र बाग्लुङ जिल्लामा २-२ जना, रुपन्देही, रौतहट, धादिङ्ग, भोजपुर र कञ्चनपुर जिल्लाका १-१ जना संक्रमित निको भएर घर फर्केका छन् ।
जिल्ला | कुल संक्रमित | ज्यान गुमाउने | निको भएका |
---|---|---|---|
जम्मा | २९५ | २ | ३६ |
पर्सा | ९१ | ३ | |
कपिलवस्तु | ४२ | ||
बाँके | ३४ | १ | |
उदयपुर | ३३ | १५ | |
रुपन्देही | २८ | १ | |
रौतहट | १३ | १ | |
काठमाडौं | ८ | ४ | |
धनुषा | ६ | ||
कैलाली | ४ | ४ | |
दाङ्ग | ३ | ||
बारा | ३ | ||
चितवन | ३ | २ | |
महोत्तरी | ३ | ||
सर्लाही | २ | ||
बाग्लुङ | २ | २ | |
झापा | २ | १ | |
भक्तपुर | २ | ||
धादिङ्ग | २ | १ | |
बर्दिया | २ | ||
मोरङ्ग | २ | ||
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
नवलपरासी (पश्चिम) | १ | ||
नवलपरासी ( पूर्व ) | १ | ||
सप्तरी | १ | ||
मकवानपुर | १ | ||
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोकक | १ | १ | |
धनकुटा | १ |