
नेपालमा पहिलोपटक गत जनवरी २३ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्। अप्रिल २४ सम्म आइपुग्दा कोरोना संक्रमितको संङख्या ४९ पुगेको छ ।
झापा दमकका ६२ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिको संङख्या ४९ पुगेको छ । संक्रमित व्यक्तिका छोरा केही समयअगाडी दुबइबाट नेपाल आएको खुलेको छ । परिवारका ३ जनालाई आरडीटी टेष्टमा पोजेटिभ देखिएपछि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थ्रोट स्वाव परिक्षणको लागि पठाइएको थियो । सो क्रममा ६२ वर्षिया पुरुष लाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैशाख १२ गते शुक्रबार बेलुका पुष्टि गरेको हो ।
कुन जिल्लामा कति

अहिलेसम्म नेपालको ११ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये सबैभन्दा धेरै २८ जना उदयपुर जिल्लामा भेटिएका हुन् ।
काठमाडौं जिल्लामा ५ जना भेटिएका थिए ती सबै अहिले निको भएर घर फर्केका छन् । कैलाली जिल्लामा भेटिएका ४ संक्रमित मध्ये ३ जना निको भइसकेका छन् भने १ जना सेती प्रादेशिक अस्पतालमा उपचाररथ छन् ।
पर्सा जिल्लामा भेटिएका ३ जना नै अस्पतालमा उपचाररथ छन् । बाग्लुङ्ग र चितवनमा २-२ जना भेटीएका छन् जसमध्ये बाग्लुङ्गका दुवै जना निको भएर फर्केका छन् । भर्खरै बाग्लुङ्गकी अंशु सापकोटा निको भएर घर फर्केकी हुन् ।
कञ्जनपुर, धनुषा र झापा जिल्लामा १-१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये कञ्जनपुरका जिल्लाका कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।
संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो । उनी पूर्णरुपमा निको भएर घर फर्केका छन् ।
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
४३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४६. उदयपुरकी ५५ वर्षिय महिला बैशाख ११ गते पत्ता लगेको
४७. जनकपुरमा १४ वर्षिय किशोर बैशाख ११ गते पत्ता लागेको, केही समयअगाडी जनकपुरमा पिसिआर परिक्षण गर्दा ती युवकमा नेगेटिभ भेटिएर घर फर्काइएको थियो । अहिले जनकपुरमा पिसिआर परिक्षण बन्द गरिएको छ ।
४८. भोजपुरका २६ वर्षिय युवा, उनी गत फाल्गुन ३० गते साउदीबाट नेपाल आएका थिए । ११ बैशाखमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
४९. झापा दमकका ६२ वर्षिय पुरुष, ती व्यक्तिका छोरा केही समयअगाडी दुवइबाट नेपाल आएका थिए । परिवारका ३ जनामा आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि धरानमा पिसिआर टेष्टमा ६२ वर्षिय पुरुषमा संक्रमण देखिएको छ भने परिवारका अन्य २ जनामा संक्रमण देखिएको छैन ।