
६ बैशाख । काठमाडौं : जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुईजना महिला पक्राउ परेका छन् ।
शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेका थिए ।
जनकपुरको धाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरबाट प्रहरीले शनिबार दुबै महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
दुबै महिलाको परिचय भने प्रहरीले खुलाएको छैन । केहि बेर पश्चात दुबैजना महिलालाई सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
ती नोटबाट कोरोना संक्रमण हुनसक्ने भएकोले उक्त नोट बरामद गरी परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको छ ।