
५ वैशाख, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।
चितवनमा कोरोना पुष्टि भएका आमा छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेजको विमानबाट काठमाडौं झरेका थिए ।
र्यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । भरतपुरमा स्वाव परिक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिएपछि थप परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।
पूर्वी चितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।
चितवनमा कोरोना संक्रमणको यो पहिलो केस हो । यसअघि चितवनमा कोरोना संक्रमित फेला परेका थिएनन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दिउँसको प्रेस बिफ्रिङपछिमात्रै काठमाडौँस्थित केन्द्रिय प्रयोगशालामा यसको परिक्षण भएकाले यसबारे केहिबेरमा औपचारिक जानकारी दिने तयारी भएको बताउनुभयो ।
उदयपुरमा भएका १२ जना संक्रमितको खबर केहीबेरमा