
५ बैशाख, जनकपुरधाम । शुक्रवार अपरिचित दुई महिलाले जनकपुरधाममा सडकमै पैसा फाल्दै हिँडेपछि स्थानीयवासी त्रसित भएका छन् । जनकपुरधाम वडा नम्बर ४ महावीर चोकमा दुईजना महिलाले सडक र पसल छेउमा पैसा फाल्दै भागेपछि स्थानीयवासी त्रसित भएका हुन् ।
शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेको स्थानीय महावीर चौकवासीहरुको भनाई छ ।
धनुषा प्रहरीका अनुसार नोट फालेर जाने महिला को हुन र किन पैसा फालेर गए त्यो यकीन हुन नसकेको धनुषा प्रहरी प्रवक्ता रामेस्वर कार्कीले जानकारी दिए ।
स्थान जनकपुर,
यी दुई महिला पैसामा थुक्दै सटरभित्र पैसा फाल्ने, चोकचोकमा थुक्ने गर्दै हिँडेकारहेछन् । सीसीटिभीको फुटेजको आधारमा प्रहरी खोज्दै रहेछ ।
कतै देखिए खबर गरौं । pic.twitter.com/IG7wnPtmxg— साहूजी (@naramroma) April 17, 2020
कार्कीले भन्नुभयो, ’स्थानीयले खबर गर्ने बित्तिकै हामीले घटनास्थल पुगेर दशका १३ वटा नोट संकलन गरेर सुरक्षित साथ लिएर आएको हो ।’ महिलाको तस्वीर आफूहरुसंग आईसकेको र खोजी कार्य सुरु गरी सकेको कार्कीको भनाइ रहेको छ ।
सडकमा पैसा किन फ्यालेको भन्दै सोधेपछि दुबैजना नजिकै रहेको पेठिया बजारतर्फ भागेको स्थानीय दिलीप साहले बताए । घटनास्थलमा पुगेको प्रहरी टोलीले रुपैयाँ फ्यालिएको स्थानहरु सेनेटाइज गरेका छन् ।
धनुषा प्रहरीले जारी गरेको सूचनामा भनिएको छ “आज मिति २०७७ बैशाख ०५ गते अन्दाजी १२:३० बजेको समयमा जनकपुर उप-माहानगरपालिका ६ महाविर चोक स्थित नाम थर वतन नखुलेको २ जना अन्दाजी ४० देखि ४५ वर्षका अपरचित महिलाहरुले १२ देखि १५ वटा रु. १० को नेपाली नोट बाटोमा छरि भागेको खबर प्राप्त भएको छ । ती नोटबाट कोरोना संक्रमण हुनसक्ने भएकोले उक्त नोट बरामद गरी परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको छ ।”
प्रहरीले नजिकै रहेको एक घरमा सीसीटिभी फुटेज नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साथै तलका फोटमा भएका निम्न हुलिया भएका महिलाहरु कहि कतै फेला परेमा नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय धनुषा समेतमा जानकारी गराउन हुन समेत अनुरोध ।