
काठमाडौं । इटलीबाट आएकी ३१ वर्षीया एक महिलार्को यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको छ। उनको पीसीआर विधिबाट परीक्षण हुन भने बाँकी छ ।
बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुर्को यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको थियो । त्यसक्रममा उनी आफैं जाँच गराउन आइपुगेका मेयर उद्धवप्रसाद खरेलले बताउनुभयो।
चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ । बुधबार भएको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।
आरडीटी टेस्ट गर्दा चारवटा परीक्षण नतिजा आँउछ। जसलाई वैज्ञानिक भाषामा ट्रु पोजेटिभ, ट्रु नेगेटिभ, फल्स पोजेटिभ र फल्स नेगेटिभ भनेर वर्गीकरण गरिएको छ।
आरडीटी परीक्षणमा पोजेटिभ आए पनि पीसीआर पद्धतिबाट परीक्षण गर्दा नेगेटिभ देखिएको केसमा पहिलो नतिजालाई फल्स पोजेटिभमा राखिन्छ।
आरडीटीबाट परीक्षण गर्दा पोजेटिभ आए पनि कोभिड- १९ को पीसीआर परीक्षण नेगेटिभ देखिएको यो केस ‘फल्स पोजेटिभ’ हो। बाँकी दुई केस ‘ट्रु पोजेटिभ’। यही अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आरडीटी टेस्टको नतिजालाई क्लिनिकल प्रयोजनका लागि प्रयोग नगर्न सुझाव दिएको हो।