सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ।
सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्प मापन केन्द्रका अनुसार राति १२ बजेर ५५ मिनेट जाँदा गएको भूकम्पको धक्का सोलुखुम्बु आसपासका जिल्लामा पनि महशुस गरिएको थियो।
कोरोनाको त्रासमा रहेका जनतालाई भूकम्पले तर्साएको हो।
राति भूकम्प गएपछि केही मानिस घर बाहिर निस्किएका थिए। भूकम्पका कारण भएको क्षतिको विवरण आएको छैन्।