
एजेन्सी । ३० चैत, लण्डन : कोरोनाभाइरस देखिएपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि डिस्चार्ज भएका छन्।
बिबिसीका अनुसार सात दिनअघि लन्डनको सेन्ट थोमस अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन आइतबार डिस्चार्ज भएका हुन्।
उनी तीन दिन इन्टेन्सिभ केयर(आइसियू) मा बसी बिहीबार वार्डमा फर्किएका थिए। डाउनिङ स्ट्रिटका अनुसार उनी तत्कालै काममा फर्किने छैनन्।
उनले केही समय आफ्नो निवासमा आराम गर्नेछन्। स्वास्थ्य टिमको सुझावका अनुसार प्रधानमन्त्री तत्कालै काममा फर्किदैनन्।
कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।
उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो। उनको स्वास्थ्य स्थितिमा “क्रमिक सुधार आएको” र उपचारका क्रममा आफूले पाएको “उत्कृष्ट सेवा” का लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए।
र यो पनि पढ्नुहोस् :