
काठमाडौ- कोरोना भाइरस पोजेटिभ देखिएर शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पतालमा उपचाररत एक युवतीसँग आएका यात्रुमध्ये ३४ जना प्रदेश २ को रहेको पाइएको छ। प्रदेश २ का महान्यायाधिवक्ता दिपेन्द्र झाका अनुसार चैत्र ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका मध्ये ३४ जना प्रदेश २ का मात्र थिए।
फ्रान्सबाट नेपाल आएकी संक्रमित युवतीसँगै उनीहरु आएपनि परीक्षणबिनै आ-आफ्नो घर पुगेको उनले बताए। ‘तिनीहरुलाई क्वारेन्टाइनमा पठाउनुपर्ने थियो वा मेडिकल चेकअपमा राख्नुपर्थ्यो, तर सिधै प्रदेशमा पठाइयो‚’ उनले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्‚ ‘यस्तो गैर जिम्मेवार काम गर्नेलाई तत्काल कारबाही गरियोस्।’
कोरोना भाइरस फैलिन नदिन प्रदेश नं २को सरकारले सम्मपूर्ण शक्ति परिचालन गरेको छ,जिल्ल्ला दैविक प्रकोपलाई ५०लाख दिने देखि, गँगुलीमा कोरोनटाइन,कोभिड अस्पताल,लकडाउन,प्रत्येक केसको तुरुन्त फलोअप लगायत,धन्यवाद @PM_Nepal कमपिटेन्ट सचिवहरुको टिम पठाएकोमा @CMProvince2 सफल नेतृत्वका लागि
— Dipendra Jha (@dipjha) March 25, 2020
चैत्र ४ गते कतार एरवेजको क्युआर ६५२ विमानवाट नेपाल आएका मध्य ३४ जना प्रदेश नं. २ का मात्र थिए, फ्रांसवाट नेपाल आएकी संक्रति युवतीसँगै । तिनीहरुललाई कोरोनटाइनमा पठाउनु पर्ने थियो वा मेडिकल चेकअपमा राख्नु पथ्र्यो, तर सिधै प्रदेशमा पठाइयो
यसले देश र प्रदेशलाई अप्ठ्यारोमा पारेको उनको तर्क छ। ‘एक त अन्तर्राष्ट्रिय विमानहरु बन्द ढिलो गरी गरियो र त्यसमा पनि क्वारेन्टाइनमा पठाइएन‚’ उनले लेखेका छन्‚ ‘अब यस्तो लापारवाहीको जिम्मेवारी कसले लिने?’ फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना देखिएको हो।
फ्रान्समा अध्ययनरत उनी गत मंगलबार नेपाल आएकी हुन्। उनलाई कोरोनाको आशंका गरिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ।
उनीसँगै आएका एक व्यक्ति बागलुङ पुगेको पाइएको छ। उनी स्वस्थ रहेको र घरमा नै सेल्फ क्वारेनटाइनमा रहेको बताइएको छ।
चैत्र ४ गते कतार एरवेजको क्युआर ६५२ विमानवाट नेपाल आएका मध्य ३४ जना प्रदेश नं. २ का मात्र थिए, फ्रांसवाट नेपाल आएकी संक्रति युवतीसँगै । तिनीहरुललाई कोरोनटाइनमा पठाउनु पर्ने थियो वा मेडिकल चेकअपमा राख्नु पथ्र्यो, तर सिधै प्रदेशमा पठाइयो +1 @yogesbhattarai @Rajanktm @BishnuRimal
— Dipendra Jha (@dipjha) March 26, 2020
कोरोना भाइरसको संक्रमण देखिएकी युवतीसँगै कतार एयरवेजबाट नेपाल आएका २ युवा रसुवामा फेला परेका थिए। उनीहरु पनि सेल्फ क्वारेन्टाइनमा बसिरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए।
चैत्र ४ गते कतार एरवेजको क्युआर ६५२ विमानवाट नेपाल आएका मध्य ३४ जना प्रदेश नं. २ का मात्र थिए, फ्रांसवाट नेपाल आएकी संक्रति युवतीसँगै । तिनीहरुललाई कोरोनटाइनमा पठाउनु पर्ने थियो वा मेडिकल चेकअपमा राख्नु पथ्र्यो, तर सिधै प्रदेशमा पठाइयो +1 @yogesbhattarai @Rajanktm @BishnuRimal
— Dipendra Jha (@dipjha) March 26, 2020
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी कोरोना भाइरस संक्रमित १९ वर्षीया युवतीसँगै विमानमा यात्रा गरेका १२५ जना यात्रुको पहिचान भइसकेको नेपाल प्रहरीले जनाएको छ। चैत ४ गते कतार एयरवेजको विमानमार्फत् कारोना संक्रमित युवतीसँगै काठमाडौं उत्रिएका उनीहरुको पहिचान गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन्।