
काठमाडौं । मंगबारदेखि बैंक पनि बन्द हुने भएको छ । सरकारले अत्यावश्यकबाहेक कुनैपनि काममा घरबाहिर ननिस्कन भनेपछि बैंक पनि बन्द हुने भएको हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, “सरकारले आदेश दिएपछि भोलिबाट घरबाहिर कोही निस्कँदैन । बैंक जाने कुरै भएन र कारोबार पनि हुँदैन ।”
सरकारको सूचनामा बैंकिङ कारोबार खोल्न भनिएको छैन । बैंकका कर्मचारी बैंक जान नपाएपछि सेवा दिन सकिन्न ।
केन्द्रीय बैंक तथा अन्य बैंकहरुले आम नागरिकलाई गैरनदगद कारोबार गर्न आग्रह गरिसकेको छन् ।
सरकारको निर्देशनमा औषधी तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक, कर्मचारीलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने उल्लेख छ ।