
वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक जना युवतीको मृत्यु भएको छ ।
वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।
‘उनी भारतबाट यही साता नेपाल आएकी रहिछन् । यहाँ ल्याउदाँ ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’
ती युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।