
स्याङ्जा । फेदीखोला क्वारेन्टाइनमा बसेका एक जना बिरामीको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । गत चैत ६ गते दुबई शारजहा हुँदै काठमाडौं आएका फेदीखोला गाउँपालिकाका–४० वर्षीय नागरिकको स्वाब परीक्षणका लागि सोमबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौं पठाइएको हो ।
एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ उनी चैत ६ गते काठमाडौं आएका थिए । उक्त विमानमा १ सय ७० जना यात्रु थिए । उनी ३ दिन अघिदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई रुघाखोकी, ज्वरोको लक्षण देखिएपछि स्वाब परीक्षणका लागि काठमाडौैं पठाएको फेदीखोला गाउँपालिका प्रमुख घनश्याम सुवेदीले बताए । उनीसँग आएका अर्का एक जनालाई पनि गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ ।