
सरकारले विदेशमा रहेका विद्यार्थीलाई आफू रहेकै देशमा नै सुरक्षित रहहन आग्रह गरेको छ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले हालको विषम् अवस्थामा विद्यार्थी जुन स्थानमा छन्, त्यहीँ सुरक्षित रहन आग्रह गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार विद्यार्थीलाई आवश्यक पर्ने खर्च नेपाल राष्ट्र बैंकमार्फत अभिभावकले पाठाउन सक्नेछन्।
अवस्था सामान्य भएपछि मात्रै ती विद्यार्थीलाई नेपाल फर्कने सक्ने गरी निर्णय गरिएको उनले जनाए।