
कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेका बेला नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिने निर्णय गरेको छ।
व्यापारव्यवसाय नै ठप्प भएपछि राष्ट्र बैंकले ऋणको साँवा ब्याज तिर्ने भाका बढाइदिएको हो। राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै चैतसम्ममा तिर्नुपर्ने कर्जा
असारमा बुझाएमा हर्जना नलाग्ने निर्णय गरेको हो।
यद्यपि, चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।