
काठमाडौं- स्वास्थ्य मन्त्रालयले थप एउटा कल सेन्टर स्थापना गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अर्को कल सेन्टर स्थपना गरिएको हो। पहिलो नम्बरमा अहिले सम्म ६ हजार कल आईसकेको उनले जानकारी दिए ।
मन्त्रालयले शनिबारदेखि थप एउटा कल सेन्टर स्थापना गरेको हो। अव १११५ को साथै ११३३ मा पनि कल गर्न सकिने मन्त्रालयले जनाएको छ। हालसम्म ८ सय ७५ वटा नमुना परीक्षण गरिएको र ३२ वटा परीक्षणको क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।