
उदयपुर, कोरोना भाइरसको संक्रमण भारतका विभिन्न राज्यमा फैलिएपछि चैतको पहिलो सातादेखि भारतमा काम गर्ने नेपाली घर फर्कन शुरु गरे । भारतका विभिन्न क्षेत्रमा होटल, कलकारखाना, कम्पनी ब’न्द भएपछि कोरोनाको त्रा’सले नेपाल फर्कनेको संख्या ह्वात्तै बढ्यो ।सरकारले लकडाउन गर्ने अघिल्लो दिन चैत १० गते सोमबारदेखि काकरभिट्टा, जोगबनी र जयनगर नाकाबाट लकडाउनको तेस्रो दिनसम्म हिँडेर समेत उदयपुर आउने क्रम रोकिएको थिएन ।तीन दिनअघि मात्र भारतका विभिन्न प्रान्तबाट ताप्ली गाउँपालिका घर हुने २१ जनालाई भने सेनाले निर्माण गरेको कटारी( १ बेलसोतको क्वारेन्टाइनमा राखिएको थियो ।
लक डाउन भएसँगै भारतबाट आएका कटारी नगरपालिका भित्रका ब्यक्तिहरु भने क्वारेन्टाइनमा नबसी आफुखुसी हिँडिरहेको कटारी स्थानीय श्यामबाबू अधिकारीले बताए ।घर गएका उनीहरु होम क्वारेन्टाइनमा समेत बस्न इन्कार गरी गाउँभरि घुम्ने, सार्वजनिक स्थलमा जम्मा हुने गरेको स्थानीयले बताएका छन् । कटारी नगरपालिकाभित्र मात्रै १००.भन्दा बढीको संख्यामा आएकाहरु गाउँभरि छरिएर रहेका र जताततै उनीहरुको चहलपहलले गाउँमा त्रा’स बढेको स्थानीय बताउँछन् ।‘हाम्रो वडामा मात्र भारतबाट आएका १७ जना जति छन्, उनीहरु गाउँभरि घुम्ने, जहाँ मन लाग्यो त्यहाँ गएर बस्ने गरेको स्थानीयहरुले जानकारी गराएका छन् ।
कटारी नगरपालिकाका( २ नम्बर वडाध्यक्ष प्रेम बहादुर थापाले भने, ‘जथाभावी नघुम्नु भनेर भन्दा हामी जाँच गरेर आएका हुँ भन्छन् ।’भारतबाट घर फर्केकाहरुको भी’डभाड र चहलपहलले गाउँमा त्रा’स बढेको थापाले बताए । केही दिन घरमै अलग्गै बसिदिन भनेर भन्दा पनि उनीहरुले नमान्ने गरेको थापाको भनाइ छ। नाकामा ज्वरो जाँच गरेकोलाई उनीहरुले जाँच भन्ने गरेका हुन् । कोरोना भाइरसको संक्रमण भएकालाई १४ दिनसम्म लक्षण नदेखिने भएकाले नाकामा जाँचेको ज्वरोले मात्र थाहा नहुने कटारी नगरपालिका स्वास्थ संयोजक सुरेश दाहाल बताउँछन् ।
भारतबाट फर्केका सयौँ जना क्वारेन्टाइनमा नबसी गाउँमा घुमिरहेकाले जिल्लाको ग्रामीण वस्तीमा त्रा’स बढेको छ । ११ गते मंगलबार ताप्ली गाउँपालिका हिँडेकालाई मात्र क्वारेन्टाइनमा राखे पनि त्यसअघि आएका सबै घरघर गएर क्वारेन्टाइन बसेका छैनन् ।‘भारत बाट आएकाहरुले गाउँघर भरिएका छन् । उनीहरु घरमा नबसेर लाहुरेजस्तै मन लागेको ठाउँमा जाने, बस्ने, खाने गरेका छन्,’ कटारी नगरपालिका- ३ बलियाका सुवास भट्टराईले भने, ‘उनीहरुको गतिविधिले गाउँघर पूरै त्रा’समा छ ।’भारतबाट चैतको डेढ सातामा कतिको संख्यामा जिल्लामा आए, कुन पालिकामा कति छन्, त्यसको कुनै रेकर्ड नगरपालिकाले समेत राखेको छैन ।
भारतबाट फर्केकाहरुले बाेका-खसी का’टेर भोज गर्ने गरेका छन् । ता’स खेल्ने र ता’स हेर्नेको भि’ड समेत लाग्ने गरेको स्थानीयले बताएका छन् ।‘गाउँमा स्वतन्त्र रुपमा उनीहरुले मनोञ्जन गरिरहेका छन् । केही भनेमा उल्टै गा’ली गर्छन् । कुन ब्यक्ति कोरोनाबाट संक्रमित छ कसैलाई थाहा छैन,’ एक स्थानीयले भने, ‘कुनै एक व्यक्ति यसबाट पी’डित भए गाउँ हुँदै देश नै म’हामारीमा जानसक्ने ख’तरा छ ।’