
केटिएम दैनिक । ९ मंसिर काठमाडौं :
त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुट-पिट गरेका छन्।
सोमबार बिहान कलेज परिसरमा विद्यार्थीले उनलाई कुट-पिट गरेका हुन्।
विद्यार्थीले विज्ञान संकायको शुल्क वृद्धि फिर्ता नगरेको भन्दै प्रमुख न्यौपानेलाई कु-टेका हुन्।
प्रमुख न्यौपानेलाई वीर अस्पतालमा उपचारका लागि लगिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
प्रहरीले दुई जनालाई प-क्राउ गरी थप अनुसन्धान थालेको छ।
Ktm Dainik TV को तलको भिडियो पनि हेर्नुहोस् । युट्युवमा हामीलाई Subscribe गरेर नयाँ नयाँ भिडियोहरु हेर्नुहोला ।