वितेको २४ घण्टामा ३६५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा ५ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
आज ६०९ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म ९६ दशमलव ८२ प्रतिशत अर्थात ७ लाख ७८ हजार ३५० निको भइसकेका छन् ।
थप ४ जनाको निधन भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २६१ पुगेको छ ।
अहिले देशभर १४ हजार २६७ जना सक्रिय सङ्क्रमित छन् तीमध्ये गम्भिर अवस्थाका ३१५ जनालाई आइसीयू र १०७ जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।