नेपालमा वितेको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २१ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशका विभिन्न जिल्लामा १० हजार ९१६ जनाको नमूना परीक्षण गर्दा १ हजार १४६ जनामा सङ्क्रमण देखिएको छ ।
अहिलेसम्म ८ लाख ६१ हजार ९५२ जनामा सङ्क्रमण देखिएतापनि ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६६० जना कोरोनामुक्त भएका हुन् ।
अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार ९२४ पुगेको छ । अहिले देशका विभिन्न जिल्लामा २७ हजार ९५८ सक्रिय सङ्क्रमित रहेका छन् ।