विश्वकै कान्छि अर्बपति काइली जेनरले सुनको बिकिनी लगाएको तस्विर सार्वजनिक भएको छ ।
सन् २०१९ मा उनी फोर्ब्सको अर्बपतिको सूचीमा पर्न सफल भएकी थिइन्। अहिले भने उनको सम्पत्ति ७०० मिलियन अमेरिकी डलर भएको बताइएको छ।
फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन्।
एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जकर्बर्गलाई पनि उछिनेकी छन्।। कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए।
उनी सामाजिक संजालमा निकै सक्रिय छिन्। बेलाबेला आफ्ना पोस्टका कारण चर्चाको शिखरमा पुग्छिन् भने कहिले विवादित पनि बन्दै आएकी छिन्। उनको शारीरिक सौन्दर्यको राज प्लास्टिक सर्जरी हो भनेर ट्रोल हुने गरेको छ। तर उनले सेल्फ मेड बिलिनियर अर्थात् आफ्नै मिहिनेतले अर्बपति बनेको भनेर उपमा पाएकी छिन्। यो समाचार तयार पार्दा समाजिक सञ्जाल इन्स्ट्राग्राममा उनका २२५ मिलियन फलोअर्स (२२ करोड ५० लाख) छन् ।
उनी विशेषगरी सामाजिक संजालमा आफ्नो साथै आफ्नो कम्पनीको कस्मेटिक उत्पादनको तस्बिर पोस्ट गर्छिन्। यतिबेला फेरि एउटा पोस्टका कारण उनको चर्चा भइराखेको छ।
वास्तवमा सुनको बिकिनी लगाएको कारण उनी चर्चामा आएकी हुन्। पेगासिक्स डटकमका अनुसार हाल सार्वजनिक भएको तस्बिरमा उनी सुनको बिकिनीमा देखिएकी छिन्।
उनले लगाएको बिकिनीमा २४ क्यारेट सुन भएको बताइएको छ। काइलीले लगाएको सुनको बिकीनको मूल्य १६ सय ५७ अमेरिकी डलर हो भने थोङ ‘अन्डरवेयर’ मूल्य १६ सय ५७ अमेरिकी डलर नै हो। यस्तै मिनीस्कर्टको मूल्य भने १७ सय ५७ अमेरिकी डलर भएको बताइएको छ।
यी डिजाइनका कपडाहरु चाँडै काइली कस्मेटिक्सबाट अनलाइन मगाउन सकिने बताइएको छ।