वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभर १३ हजार ८३४ जनाको नमूना परीक्षण गर्दा भेटिएका २ हजार २३७ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा भेटिएका सङ्क्रमितको सङ्ख्या ६२४ रहेको छ ।
आज भेटिएको सङ्ख्या हिजो (शनिबार) को तुलनामा केही बढी हो । हिजो (शनिबार) काठमाडौं उपत्यकामा ६१५ जनामा सङ्क्रमण देखिएको थियो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार आज काठमाडौंमा ४६८ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।